PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

प्रविन बास्तोला रहस्यमय मृत्यु : जुन घरमा मृत भेटिए, त्यहाँका घरधनी समातिए



पहिलोपोस्ट

प्रविन बास्तोला रहस्यमय मृत्यु : जुन घरमा मृत भेटिए, त्यहाँका घरधनी समातिए

काठमाडौँ : उर्लाबारी नगरपालिका ५ का ३१ वर्षीय प्रविन बास्तोलाको हत्या संलग्न भएको आरोपमा प्रहरीले एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ।

उर्लवारीका रमेश गिरीलाई प्रहरीले पक्राउ गरेको हो। गिरी प्रविन मृत्यु भएको समयमा उनकै घरमा साथीहरूसँग सुतेका थिए। जिल्ला अदालतमा दर्ता भएको अभियोगपत्रमा गिरीलाई फरार अभियुक्त बनाइएको थियो। यो घटनामा अन्य संलग्न भनिएका अन्य तीन जना अझै फरार रहेका छन्।

पुस २२ गते घरधनी गिरी र होटेल सञ्चालकविरुद्ध उजुरी परेको थियो। उनीहरूलाई प्रहरीले २७ गते नियन्त्रणमा लियो। सरकारी वकिल कार्यालयले प्रमाण नपुगेको भनेपछि उनीहरू माघ २ गते रिहा भएका थिए।

'हिजो हामीले उर्लावारीबाट नै नियन्त्रणमा लिएका हौँ। आज हामी अदालतमा उपस्थित गराउँछौँ,' जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले भने।

घटनामा ६ जनाविरुद्ध ‘कर्तव्य ज्यान’ मुद्दामा अदालतमा अभियोग दर्ता गरिएको थियो। उर्लाबारी ६ बस्ने  राजेश रणपहेली, राकेश शिवा भन्ने मेहरमान दर्जी, दिपेश पौडेल, सुदीप परियार, रमेश गिरी र कुमार राईलाई प्रतिवादी बनाइएको छ।

जिल्ला अदालतले राकेश शिवा भन्ने मेहरमान दर्जीलाई पुर्पक्षको लागि थुनामा पठाएको छ। त्यस्तै अर्का प्रतिवादी भनिएका कुमार राईलाई भने धरौटीमा रिहा गर्न आदेश दिइसकेको छ। रिहा भएका राई भने होटेल सञ्चालक हुन्। घटना भएको राति प्रविन राईकै होटेलमा गएको देखिएको थियो। त्यहाँ उनले मदिरा समेत खाएका थिए। त्यसपछि साथीसँगै रमेश गिरीको घरमा सुत्न भएका थिए। भोलिपल्ट बिहान साथीहरूले अस्पताल लगेपछि प्रविनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। त्यसपछि प्रवीणको मृत्यु रहस्यमय बनेको थियो। प्रहरीको अनुसन्धानले उनीहरूले नै मिलेर हत्या गरेको देखाएको छ।

रमेशले बयान : जस्ताको तस्तै

म मोरङ उर्लाबारी नगरपालिका ६ स्थित फिल्म हल लाइनमा बसोबास गर्दै आफ्नै घरमा किराना पसल खोली पसल व्यवसाय गर्दै आएको छु। विगत तीन वर्ष अगाडि गाडी लाइनमा काम गर्ने रिकेश सिवा भन्ने मेहरमान दर्जी मेरो तिन तले घरको भुईँ तलाको एउटा कोठा भाडामा लिई श्रीमती सहित बस्दै आएका थिए।

दुई वर्ष जति मेरो घरमा डेरा गरी बसी करिब एक वर्ष अगाडि निजकी श्रीमती वैदेशिक रोजगारको सिलसिलामा विदेश गएपछि निजले मेरो घरमा डेरा छाडी गएका थिए। निज मेरो घरमा डेरा छाडी के कता गए मलाई थाहा भएन। उनी पुनः करिब दुई महिना अगाडि साथीहरू तत्काल मैले नचिनेका हाल नाम थर थाहा भएका दिपेश पौडेल र सुदिप परियार सहित मेरो घरमा आई 'हामी तिनै जना गाडी लाइनमा काम गर्छौ । तपाईँको घरमा तिनै जना डेरा बस्नुपर्‍यो' भनी मेहरमान दर्जीले पहिला बसेकै कोठा भाडामा लिई डेरा गरी बस्दै आएका थिए। कहिलेकाहीँ साथीहरू आउने जाने गर्थे, म त्यती वास्ता गर्दिन थिए।

उनीहरु प्रायः जसो दिन भरी काममा जाने हुँदा राती मात्र कोठामा आउने सुत्ने गर्थे। घटना हुनु भन्दा अघिल्लो दिन मिति ४ गते राती करिब ८ बजे तिर म आफ्नो दोकान पसल बन्द गरी तलामाथि गई खानपिन गरी सुतेँ। सो दिन राती कोठामा को को आए मैले देखिन। मलाई थाहा भएन। भोलि पल्ट बिहान करिब ६ बजेतिर मैले पसल खोल्दै गर्दा मेहरमान दर्जी पसलमा आई २० रुपैयाँको खुकुरी चुरोट लिई काममा जान्छु भनी राजेश रणपहेली गए। त्यसपछि म आफ्नो पसल खोली पसलमानै व्यस्त भएँ। बिहान करिब ७ बजे तिर दिपेश पौडेल पसलमा आई नुहाइ धुवाई गर्न भनी २ प्याकेट स्याम्पु लिई गई नुहाई धुवाई गरी कोठामा बडार्न थाले। म आफ्नै काममा व्यस्त भइरहेँ।

करिब ८ बजे तिर दिपेश पौडेल र सुदिप परियार घर बाहिर गई करिब १ घण्टापछि फर्की आए। फर्किआएको करिब १ घण्टापछि उर्लाबारी पूर्व स्टेनमा होटेल व्यवसाय गर्ने कुमार राई मेरो घरमा आई तपाईँको घरमा डेरा बस्ने मेहरमान दर्जीको कोठामा प्रविन बास्तोला बिरामी भएको छ भन्ने सुनेर आएको भन्दा हामी दुवै जना कोठामा गई हेर्दा निज प्रविन बास्तोला खाटमाथि सिरक ओढेको अवस्थामा लडिरहेका थिए। सोही वेला निजका साथीहरू दिपेश पौडेल र सुदिप परियार भई एम्बुलेन्स बोलाई सबैजना भई निज प्रविन बास्तोलालाई अस्पताल पठाएकोमा निजलाई अस्पतालमा पुर्‍याउँदा निजको मृत्यु भएको भन्ने थाहा पाएको हुँ।

प्रविनको के कसरी मृत्यु भएको हो भन्ने मलाई थाहा भएन। राती निजहरू आएको तथा झै-झगडा हो हल्ला भए गरेको मलाई थाहा जानकारी नभएको म कोठामा गई हेर्दा  प्रविन ओछ्यानमा उत्तानो परी टाउकोदेखि मुनिको भागमा सिरक ओढी सुतेको जस्तो अवस्थामा देखेको हुँदा यही कारणले मृत्यु भएको हो भनी भन्न सक्दिन। कोही कसैले कर्तव्य गरी मारे मराएकोमा मलाई कोही कसै प्रति कुनै शङ्का छैन। ब्यालेन्स सारेको विषयमा मलाई जानकारी थिएन। हाल थाहा पाएँ।

म समेत सुदिप परियार, राजेश रण पहेली, मेहरमान दर्जी, कुमार राई समेत भई प्रविन बास्तोलालाई उर्लाबारी पूर्व बस स्टेन नजिक कुमार राईले सञ्चालन गरेको होटेलमा लगेर विषालु पदार्थ रक्सीमा मिसाई खुवाएर रमेश गिरीको घरमा लगेर कर्तव्य गरी मारेको भनी प्रेम प्रसाद बास्तोलाले हामी विरुद्धमा किन  किटानी जाहेरी दिनु भएको हो, निज नै जानुन्। मलाई कसुरदारहरू र प्रेम बास्तोला भाइ कुमार राईको होटेलमा गई रक्सी सेवन गरेको बारेमा मलाई थाहा जानकारी समेत नभएको म घर धनी भएको कारणले गर्दा घर कोठा भाडामा दिएको हो। यस वारदातको बारेमा मलाई थाहा जानकारी भएन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell