PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

पार्टीको रणनीति तय गर्न प्रचण्ड-नेपाल समूहले बोलायो केन्द्रीय कमिटी बैठक



पहिलोपोस्ट

पार्टीको रणनीति तय गर्न प्रचण्ड-नेपाल समूहले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले बुधवारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ।

सर्वोच्च अदालतको फैसलापछि देखिएको राजनीतिक संकट समाधानका लागि भन्दै रणनीति बनाउन प्रचण्ड-नेपाल समूहले केन्द्रीय कमिटी बैठक बोलाएको हो। स्थायी कमिटीको बैठक पनि बोलाइएको भए पनि मिति तय नभएको नेताहरुले बताएका छन्।

पेरिसडाँडामा १९ गते केन्द्रीय कमिटी बैठक बोलाइएको केन्द्रीय कमिटी सदस्य विष्णु रिजालले जानकारी दिए। आज सिंहदरबार स्थित नेकपा संसदीय दलको कार्यालयमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी र स्थयी कमिटी बैठक बोलाएको हो।

अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरिदिएपछि नयाँ सरकार गठनका विषयमा प्रचण्ड-नेपाल समूह परामर्शमा छ। नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग समानान्तर छलफल चलाइरहेको भएपनि सकारात्मक हुन सकेको छैन।

निर्वाचन आयोगमा पार्टीको आधिकारतिका लागि प्रचण्ड-नेपाल समूहले दाबी गरेको भए पनि निर्वाचन आयोगले टुंगो लगाएको छैन। आयोगले विवादको निरुपण नगर्दा प्रचण्ड नेपाल समूहमा अन्यौलता देखिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell