PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

प्रधान सेनापतिले लगाए कोरोना विरुद्धको खोप



पहिलोपोस्ट

प्रधान सेनापतिले लगाए कोरोना विरुद्धको खोप

काठमाडौः प्रधान सेनापति पुर्णचन्द्र थापाले कोरोना भाइरस विरुद्धको आपतकालीन खोप लगाएका छन्।

सेनापति थापाले आज छाउनीस्थित नेपाली सेनाको विरेन्द्र अस्पतालमा खोप लिएका हुन्। सरकारले माघ १४ गतेबाट देशभर भारतले अनुदानमा उपलब्ध गराएको खोप लगाउन सुरु गरेको थियो। त्यसपछि सरकारले भारतबाट नै किनेर १० लाख डोज खोप ल्याइसकेको छ।

पहिलो चरणमा पहिलो चरणमा फोहर मैला व्यवस्थापक तथा सरसफाइकर्मी, एम्वुलेन्स/शव बाहन चालक र सहचालकहरु, प्रत्यक्ष सेवा दिने स्वास्थ्यकर्मीहरु, खोप केन्द्रमा खटिने सुरक्षाकर्मीहरु तथा स्वयम सेवक, महिला स्वास्थ्य स्वयमसेविका, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा खटिएका स्वास्थ्र्यकर्मी तथा सुरक्षाकर्मीहरु, वृद्धाश्रमहरुमा खटिएका कर्मचारी, जेलमा रहेका सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीहरु लगायतलाई खोप लगाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell