PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

एक लाख भन्दा बढीको अवैध मालसामान बरामद



पहिलोपोस्ट

एक लाख भन्दा बढीको अवैध मालसामान बरामद

बुटवल : नवलपरासी पश्चिम जिल्लाको विभिन्न स्थानबाट १ लाख ८५ हजार १ सय ७० रूपैयाँ मुल्य बराबरको अवैध मालसामान सशस्त्र प्रहरीले नियन्त्रण लिएको छ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर नवलपरासी पश्चिम मातहत बीओपी गुठिप्रसौनी, बीओपी भुजहवा र सुरक्षा वेश क्याम्प सेमरीबाट जिल्लाको प्रतापपुर गाउँपालिका वडा नम्बर २ सिसनिया, वडा नम्बर ६ कठहवा र सरावल गाउँपालिका वडा नम्बर ६ भटौलिया ईलाकाहरुमा खटिई गएको मोबाइल तथा पैदल गस्ति टोलीले भारतबाट अवैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउँदै गरेको लत्ताकपडा, चिनी, ज्वेलरीका सामानहरु र कस्मेटिक्स सामानहरु बरामद गरेको हो।

अवैध सामान सहित प्रहरीले केही मानिसहरुलाई पक्राउ समेत गरेको छ। पक्राउ परेका उनीहरु र बरामद सामग्रीहरुलाई आवश्यक कारबाहीको लागी महेशपुर भन्सार कार्यालय  बुझाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर नवलपरासी पश्चिमका सुचना अधिकारी माधव रेग्मीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell