PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

बालुवा चोरी निकासी गर्ने १० ट्र्याक्टर नियन्त्रणमा



पहिलोपोस्ट

बालुवा चोरी निकासी गर्ने १० ट्र्याक्टर नियन्त्रणमा

बुटवल : कपिलबस्तुमा अवैध रुपमा बालुवा चोरी निकासी गर्ने १० ट्र्याक्टरलाई प्रहरीले आइतवार साँझ नियन्त्रणमा लिएको छ। जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर १० विजगौरीबाट सर्त विपरित बालुवा चोरी निकासी गर्ने १० ट्र्याक्टरलाई वडा प्रहरी कार्यालय तौलिहवाले पक्राउ गरेको हो।

प्रहरी नायव निरीक्षक अभय रावतको कमाण्डमा खटिएको उक्त टोलीले डेरुवा पुल नजिकको ५ सय मिटर भित्र सर्त विपरित बालुवा उत्खनन गरेको आरोपमा ट्र्याक्टर नियन्त्रणमा लिएको बताइएको छ।

पुलको ५ सय मिटर आसपास नदीजन्य पदार्थ उत्खनन् गर्न कानुनले दिदैन। पक्राउ परेका ट्र्याक्टरलाई जिल्ला समन्वय समिति कपिलवस्तुमा नियम अनुसार जरिबानाका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell