PahiloPost

May 16, 2026 | २ जेठ २०८३

सूर्य चिन्ह आफूले पाइसकेको प्रचण्डको दाबी, भने : निर्वाचन आयोगको सेटिङ चाँडै भत्किन्छ



पहिलोपोस्ट

सूर्य चिन्ह आफूले पाइसकेको प्रचण्डको दाबी, भने : निर्वाचन आयोगको सेटिङ चाँडै भत्किन्छ

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगको 'सेटिङ' चाँडै भत्किने दाबी गरेका छन्। सर्वोच्च अदालतमा पनि प्रधानमन्त्री केपी शर्मा ओली समूहले सेटिङ गरेको भ्रम फैलाए पनि त्यो सफल नभएको उनको भनाई थियो।

कार्की बैंकेट बबरमहलमा भएको पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघ एकता घोषणा कार्यक्रममा प्रचण्डले सूर्य चिन्ह आफूले पाइसकेको दाबी गरे। उनले आधिकारिक रुपमा सूर्य चिन्ह पाएको घोषणा हुनमात्रै बाँकी रहेको दावी गरे।

प्रचण्डले भने, 'निर्वाचन आयोगको सेटिङ पनि भत्किँदै छ। मैले त्यत्तिकै भनेको होइन। निर्वाचन आयोगले आधिकारिक हामीलाई भन्छ। सूर्य चिन्ह उतै जान्छ भनेर भ्रम फैलाइएको छ। जालझेल गरिएको छ। सूर्य चिन्ह हामीले पाइ नै सक्यौं। घोषणा गर्न मात्र बाँकी हो।'

उनले चाँडै नयाँ सरकार बन्ने पनि दावी पेश गरे। तर, कसको नेतृत्वमा सरकार बन्दै छ भन्नेबारे भने प्रचण्डले केही बताएनन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा र अन्तराष्ट्रिय मूल्य मान्यताका आधारमा पनि राजीनामा गर्नुपर्ने भए पनि त्यसो नगरेको उनको भनाई थियो।

'अलिकति पनि नैतिकता भएको मान्छे आफ्नो प्रस्ताव खारेज गरिएपछि राजीनामा नदिएर के गरेको? बरु अझै उहाँले देखाइदिन्छु भनेको के हो? संकटकाल लगाइदिन्छु भनेको हो?,' प्रचण्डले प्रश्न गरे।

पार्टीका नेता कार्यकर्तालाई प्रलोभन देखाएर ओलीले आफूतिर तान्न कोसिस गरिरहेको प्रचण्डको आरोप थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell