
चितवन : माडी नगरपालिकामा नीलगाईको आक्रमणबाट आज एक जनाको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा माडी-६ का ५५ वर्षीय वीरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार स्थानीय कल्याणपुर सामुदायिक बनमा घाँस काट्न जाने क्रममा तामाङलाई अपराह्न २:४० बजे नीलगाईले आक्रमण गरेको थियो।