PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

रुरुक्षेत्र गाउँपालिकाको वडा कार्यालयसहित ४ घरमा चोरी



पहिलोपोस्ट

रुरुक्षेत्र गाउँपालिकाको वडा कार्यालयसहित ४ घरमा चोरी
फाइल फोटो।

बुटवल : गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर ६ रिमुवाको वडा कार्यालयसहित चार घरमा चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता डीएसपी पुरुषोतम प्रसाद पाण्डेले वडा कार्यालयसहित केही घरमा चोरी भएको जानकारी आएपछि प्रहरी पुगेर विवरण संकलन गरिरहेको जानकारी दिए।

‘के कति चोरी भयो भन्ने कुराको पूर्ण विवरण आइसकेको छैन,’ डीएसपी पाण्डेले भने।

रुरुक्षेत्र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले पनि वडा कार्यालयसहित चारवटा घरमा चोरी भएको जानकारी प्राप्त भएकोले आफूहरु त्यसतर्फ जाँदै गरेको बताए।

यसअघि गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ७ घमिरको वडा कार्यालयमा ३ पटकसम्म तोडफोड र चोरी भयो। चोर अझै पत्ता लाग्न सकेको छैन। त्यस्तै, इस्मा गाउँपालिका वडा नम्बर २ को वडा कार्यालय पनि तोडफोड र चोरी भएको थियो। त्यसको पनि दोषी पत्ता लाग्न सकेको छैन।

यसैगरी, सदरमुकाम तम्घासमै साना सवारी साधान चोरी भयो। चोरीमा संलग्न पत्ता लाग्न नसक्नुले चोरी र अन्य अपराधका घटना गुल्मीमा बढ्दो छ। ६ महिनाअघि आफ्नो रेष्टुरेन्टमा बसेका हस्तीचौरका एक युवाको वीभत्स हत्या भयो। त्यस घटनाका हत्यारा पनि प्रहरीले पत्ता लगाउन सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell