PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

केही दिनमा नयाँ सरकार गठन हुन्छ : योगेश भट्टराई



निशा गुरुङ

केही दिनमा नयाँ सरकार गठन हुन्छ : योगेश भट्टराई
फाइल फोटो।

हेटौँडा : नेकपा प्रचण्ड-माधव नेपाल समूहका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री योगेश भट्टराईले केही दिनमा ओली सरकार पदमुक्त भई नयाँ सरकार गठन हुने बताएका छन्। प्रेस संगठन नेपाल वाग्मती प्रदेशको हेटौँडामा भएको दोस्रो भेलालाई सम्बोधन गर्दै भट्टराईले यस्तो बताएका हुन्।

उनले केही पत्रकारहरु ओलीले संविधान मिच्दा, संविधानलाई ‘कू’ गर्दा त्यसको विरोध भन्दा पनि ताली पिट्दै समर्थन गर्नु दुर्भाग्य भएको बताए। उनले देशमा भएको आमुल परिवर्तनमा प्रेसको भूमिका अतुलनीय रहेको र सम्रग प्रेस जगप्रतिको स्वतन्त्रता कायम राख्न नेकपा प्रचण्ड नेपाल समूह कटिबद्द रहेको बताए।

‘सरकारी मिडियाले सरकारको अन्धो समर्थन गर्ने गरेकोले उनीहरुले आफ्नो अस्तित्व जोगाउन सकेनन्,’ भट्टराईले आरोप लगाए।

उनले प्रधानमन्त्रीले दिनदाहडै संसद विघटन गर्दा ठीक हो भन्दै त्यसको पछि लाग्नेलाई आफ्नो अस्तित्वको रक्षा गर्न चुनौती दिए। भट्टराईले ओलीलाई कम्युनिस्ट आन्दोलनले नपत्याएको भन्दै अन्य दलमा पनि आन्दोलनको मर्म भावना नबुझ्दा बडारिनु परेको स्मरण गर्दै अब ओलीले पदत्याग गरेर कम्युनिस्ट आन्दोलनले सार्थकता पाउने बताए।

नेता भट्टराईले केपी ओलीले आफूले गरेको गल्तीप्रति आत्मालोचनासहित पदबाट राजीनामा दिनुपर्ने र उनले त्यसो गर्नेमा आफु विश्वस्त रहेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell