काठमाडौं : नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। आज राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको हो।
निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँले बृद्धि गरेको छ। नयाँ मूल्य अनुसार पेट्रोलको खुद्रा बिक्री मूल्य ११६ र डिजेल र मट्टितेलको ९९ रुपैयाँ पुगेको छ।
साथै, हवाई ईन्धनको आन्तरिकतर्फ साविकको मूल्यमा ५ रुपैयाँ बृद्धि गरी ७२ रुपैयाँ प्रतिलिटर पुर्याएको छ। त्यस्तै, अन्तर्राष्ट्रियतर्फ २५ डलर बृद्धि गरी ८९३ अमेरिकी डलर प्रतिकिलोलिटर पुर्याएको छ।
यसअघि निगमले फागुन ४ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। निगमले माघ ६ र २८ गते पनि एलपी ग्यास सहितका पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो।

