PahiloPost

Jul 8, 2024 | २५ असार २०८१

आरआर क्याम्पसमा ओली पक्ष र प्रचण्ड- नेपाल पक्षका विद्यार्थीबिच विवादः झडप हुने सम्भावना भएको भन्दै बाक्लो सङ्ख्यामा प्रहरी खटाइयो



पहिलोपोस्ट

आरआर क्याम्पसमा ओली पक्ष र प्रचण्ड- नेपाल पक्षका विद्यार्थीबिच विवादः झडप हुने सम्भावना भएको भन्दै बाक्लो सङ्ख्यामा प्रहरी खटाइयो

काठमाडौं : रत्न राज्य लक्ष्मी (आरआर) क्याम्पसमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई विद्यार्थी समूह पक्षबिच झडप हुने सम्भावना  भएको भन्दै ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ।

आज बिहान नेकपा ओली समूह र प्रचण्ड- माधव नेपाल समूहका विद्यार्थीहरूको विवाद उत्कर्षमा पुगेपछि झडप हुने आशङ्कामा प्रहरी परिचालन गरिएको हो।

'दुई समूहका विद्यार्थीहरु बिच झडप भएको सूचना आएको छ। हाम्रो टोली पुगिसकेको छ। थप जानकारी आउँदै छ,' महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले भने।

यसअघि फागुन ३ गते पनि दुई समूहका विद्यार्थी बिच झडप भएको थियो। झडपमा केही विद्यार्थी घाइते भएका थिए।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन भएपछि नेकपा भित्र दुई समूह देखिएका छन्। पार्टी निकटा विद्यार्थीहरु पनि विभाजित भएका छन्। 

प्रचण्ड- माधव समूह सर्वोच्चबाट संसद पुनर्स्थापनापछि  प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने रणनीतिमा छन्। सर्वोच्च अदालतमा परेको विघटन रिटमा अदालतले प्रतिनिधिसभा विघटन बदर गरेको थियो। फागुन २३ गतेलाई संसद् आह्वान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell