PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

ललितपुर मेयर कप महिला क्रिकेट आयोजना गर्ने तयारी



पहिलोपोस्ट

 ललितपुर मेयर कप महिला क्रिकेट आयोजना गर्ने तयारी
फाइल फोटो

काठमाडौं: काठमाडौं महानगरपालिकाको मुख्य प्रयोजनमा यही फागुन २२ गतेबाट काठमाडौं मेयर कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिता आयोजना हुँदैछ। यो प्रतियोगिता सकिएसँगै ललिपुर महानगरपालिकाले पनि  ललितपुर मेयर कप महिला क्रिकेट आयोजनाको तयारी रहेको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। मेयर कप महिला  क्रिकेटलाई ललितपुर महानगरपालिका प्रयोजन गर्नेछ।

दुबै प्रतियोगिताहरुमा पाँच/पाँच टिमको सहभागिता रहनेछ। काठमाडौं मेयरकपमा प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेटमा सेमिफाइनलमा पुगेका चार टिमहरु एपीएफ, नेपाल पुलिस, नेपाल आर्मी, बाग्मती प्रदेश रहेछन्। त्यस्तै एउटा टीम भने सेमि फाइनलमा नपुगेका टीमबाट खेलाडी छनोट गरेर तयार  पारेको छ। टीमको नाम रहेको छ- काठमाडौं महानगरपालिका।  

महिला क्रिकेटमा पनि सेमिफाइनलमा पुगेका प्रदेश १, एपीएफ, सुदूर पश्चिम प्रदेश र लुम्बिनी प्रदेश र सेमिफाइनलको यात्रा तय नगरेका टिमहरु मध्येबाट उत्कृष्ट खेलाडी छनोट गरेर ललीतपुर महानगरपालिकाको टिम बनाइने जनाइएको छ।

काठमाडौं महानगरले यसअघि नै ५० लाख प्रायोजन गर्ने क्यानसँग सम्झौता गरिसकेको छ भने ललितपुर महानगरसँग अहिले छलफल चलिरहेको र प्रायोजन रकम टुंगो भइनसकेको क्यानका कोषाध्यक्ष रोशन सिंहले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell