A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.69933f6daa45b8.09948595): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.69933f6daa45b8.09948595,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

ह्योल्मो जातिको विशेष 'छेच्यु पूजा' सम्पन्न
PahiloPost

Feb 16, 2026 | ४ फागुन २०८२

ह्योल्मो जातिको विशेष 'छेच्यु पूजा' सम्पन्न

ह्योल्मो जातिको विशेष 'छेच्यु पूजा' सम्पन्न

वसन्तराज उप्रेती/पहिलोपोस्ट


हेलम्बु : बौद्ध धर्मगुरु रिम्पोछेको जन्मदिनको धार्मिक पुण्य तिथिको अवसरमा हेलम्बु स्थित सेर्माथाङमा 'छेच्यु पुजा' सम्पन्न भएको छ।

हेलम्बु क्षेत्रको सेर्माथाङका ह्योल्मो बौद्ध धर्मका ञिङमा सम्प्रदायका अनुयायीहरु हुन्। ञिङमा सम्प्रदायका प्रवर्धक गुरु रिन्पोछेले हिमाली गुफाहरुमा ध्यान, तपस्या गर्नुका साथै भविष्यका निम्ति भनेर आफ्ना धार्मिक महतवका पवित्र निधी 'तेर' हरु लुकाएर राखेको ह्योल्मो क्षेत्रमा यस किसिमको धार्मिक कार्यले विशेष महत्व राख्दछ।

ह्योल्मो समुदायले वर्षेनी आफ्नो मुख्य धार्मिक पर्वको रुपमा मनाउने यो चाड चन्द्रमास पात्रो अनुसार सोनाम ल्होसारको पर्व सँगै विभिन्न गाउँहरुमा पञ्चमीदेखि पूर्णिमा सम्म मनाइँदै आएको साङाग फिन्चोक उर्गेन छ्योलिङ गुम्बाका निवर्तमान अध्यक्ष तथा सल्लाहकार टासी दोङ्बा ह्योल्मोले बताए। उनका अनुसार काठमाडौं बसोबास गर्ने ह्योल्मो समुदायहरुले भने यो चाड एक महिना पछि शुक्ल पक्षको दशमी दिन ह्योल्मो समाज सेवा केन्द्रमा वार्षिक रुपमा आयोजना गर्दै आएको छ।

पाँच दिनमा १६ थान ह्युम वाचन गरिने छेच्यु

छेच्युको सुरुवातमा धार्मिक महत्वका पवित्र पुस्तकहरु (ह्युम) को १६ थान पुस्तक पाँच दिनसम्म पाठ वाचन गरी सकेपछि मनाउने चलन छ। ह्योल्मोको कतिपय गाउँहरुमा अझै पनि केही महिनादेखि नै ह्युम पाठ पढ्ने चलन रहेको शेर्पाले जानकारी दिए। ह्युम पाठ पढिसकेपछि भने छेच्युको तयारीसँगै यो पर्व मनाउने गरिन्छ।

यो धार्मिक पूजा पौराणिक बौद्ध धर्मग्रन्थ अनुसार रिन्पोछेले स्थापना गरेको तान्त्रिक नृत्यको माध्यमबाट राक्षस माथि प्रतीकात्मक विजय प्राप्त गरेको उत्सवका रुपमा मनाइन्छ।

छेच्युको विशेषता रुद्रहरुलाई बज्रयान तान्त्रिक अभ्यास मार्फत् नियन्त्रणमा लिइ उनीहरुलाई बुद्धको वचन मार्फत् आशिर्वाद प्रदान गरी नकारात्मक कर्म शुद्ध पारी मुक्ति दिलाउने विश्वास गरिन्छ।

सुरुमा स्थानीय देवी देवताहरुको प्राकृतिक पुजा 'साङ' गरिन्छ जसबाट नकारात्कमक कर्म ताथा शक्तिको निर्मुल पारी तथा नयाँ सकारात्मक उर्जा थप्ने विश्वास गरिँदै आइएको छ। तीन दिनसम्म धार्मिक पुस्तकहरु वाचन गर्दै मनाइने यस पर्वको प्रमुख दिनको अवसरमा गुरु रिम्पोछेको प्रतीक स्वरुपका साथ अन्य देवी देवताका विभिन्न मुद्राका मकुण्डो लगाएर धार्मिक पूजा गर्दै नाच्ने गरिन्छ। जसलाई 'बाछ्म' भनिन्छ र धार्मिक नाचको लागि भने लामाहरु आफ्नो ज्ञान अनुसारको 'न्हाम्सा' पोशाक लगाएर मात्र सहभागी गराइन्छ। यसको लागि बौद्धिक ज्ञानमात्र नभइ आध्यात्मिक ज्ञान पनि आवश्यक हुन्छ।

पूजापाठ तथा धार्मिक नाचको अलवा छेच्युमा गाउने गीतको पनि छुट्टै विशिष्टता रहेको छ। जुन अर्को उत्सवमा गाइने गीत भन्दा पृथक हुन्छ। छेच्युको प्रारम्भमा लामा क्षाम वा वाक्ष्यामसँग सँगै गाउनुपर्छ। जसलाई थेन्ज्याम भनिन्छ। यो गीत जो जो स्यारा डेन्जोङ ङिमा गर्दै लामो स्वरमा विस्तारै गाइने गीत हो।



ट्रेन्डिङ पोस्ट

Ncell