PahiloPost

Sep 16, 2025 | ३१ भदौ २०८२

प्रविन बास्तोला रहस्यम मृत्यु प्रकरणः फरार रहेका एक जना समातिए



पहिलोपोस्ट

प्रविन बास्तोला रहस्यम मृत्यु प्रकरणः फरार रहेका एक जना समातिए

बिराटनगर: उर्लाबारी नगरपालिका ५ का ३१ वर्षीय प्रविन बास्तोलाको हत्या संलग्न भएको आरोपमा प्रहरीले एक जना फरार अभियुक्तलाई पक्राउ गरेको छ।

सुदीप परियारलाई प्रहरीले पक्राउ गरेको हो। सोमबार साँझ मोरङको रमाइलो भन्ने ठाउँबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी सन्तोष खड्काले जानकारी दिए।

जिल्ला अदालतमा दर्ता भएको अभियोगपत्रमा परियारलाई फरार अभियुक्त बनाइएको थियो। यो घटनामा अन्य संलग्न भनिएका अन्य दुई जना अझै फरार रहेका छन्।

घटनामा ६ जनाविरुद्ध ‘कर्तव्य ज्यान’ मुद्दामा अदालतमा अभियोग दर्ता गरिएको थियो। उर्लाबारी ६ बस्ने  राजेश रणपहेली, राकेश शिवा भन्ने मेहरमान दर्जी, दिपेश पौडेल, सुदीप परियार, रमेश गिरी र कुमार राईलाई प्रतिवादी बनाइएको छ।

जिल्ला अदालतले राकेश शिवा भन्ने मेहरमान दर्जीलाई पुर्पक्षको लागि थुनामा पठाएको छ। त्यस्तै अर्का प्रतिवादी भनिएका कुमार राईलाई भने धरौटीमा रिहा गर्न आदेश दिइसकेको छ। आइतवार समातिएका अर्का एक प्रतिवादीलाई पनि धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। पुष ४ गते घरबाट निस्किएका प्रविनको पुष ५ गते मृत्यु भएको जानकारी पाएपछि प्रहरी पुगेर अनुसन्धान सुरु गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell