PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

कंगनाविरुद्ध पक्राउ पूर्जी जारी



पहिलोपोस्ट

कंगनाविरुद्ध पक्राउ पूर्जी जारी

बलिउड अभिनेत्री कंगना रनौत फेरि कानुनी विवादमा फसेकी छिन्। भारतीय गीतकार जावेद अख्तरको मानहानीको मुद्दामा मुम्बईको एक अदालतले कंगनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो।

अदालतले यसअघि अदालतमा हाजिर हुन आदेश दिएको थियो। तर अदालतमा हाजिर हुने आदेश जारी गरे पनि उनी उपस्थित नभएपछि पक्राउ पूर्जी जारी गरिएको हो।

अदालतले कंगनालाई हाजिर हुन २२ मार्चसम्मको समय दिएको छ। कंगनाका वकिल रिजवान सिद्दिकीले वारेन्टको विरुद्धमा सर्वोच्वमा अपिल गर्ने समेत बताएका छन्।

जावेद अख्खर भन्छन्, 'अभिनेता शुशान्त सिंह राजपूतको मृत्युपछि कंगनाले मेरो नाम बलिउडको गुटबन्दीमा जोडिन्।'

आफूविरुद्ध गलत प्रचारबाजी गरेको र त्यसले आफ्नो इज्जत, प्रतिष्ठामा आँच आएको भन्दै जावेद अख्तरले कंगनाविरुद्ध रिट निवेदन दर्ता गराएका थिए। मुद्दाको सुनुवाइ २६ मार्चमा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell