PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी र ८ लाख रुपैयाँ सहित अध्यक्षका ड्राइभर पक्राउ, गाउँपालिकामा ताल्चा



पहिलोपोस्ट

गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी र ८ लाख रुपैयाँ सहित अध्यक्षका ड्राइभर पक्राउ, गाउँपालिकामा ताल्चा

जनकपुरधाम : धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत चढ्ने गाडी र ८ लाख रुपैयाँ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ। साथै गाडीका चालक पनि पक्राउ परेका छन्।  

गाउँपालिका अध्यक्ष राउतले भवन निर्माण सम्पन्न भएपछि भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग आठ लाख रुपैयाँ घुस मागेको उजुरीका आधारमा काठमाडौंबाट परिचालित अख्तियारको टोलीले घुस रकम सहित गाडी चालक वीरबहादुर मगर र गाडीलाई नियन्त्रणमा लिएको हो। 

प्र.२–०२–०० झ ०००२ नम्बरको कालो रंगको स्करपियो गाडीमा घुस रकम रहेको सुचनाको अधारमा आयोगको टोलीले सोमवार साँझ गाडीमा खानतलास गर्न खोजेको थियो। 

गाडीका चालकले  घुस वापतको आठ लाख रुपैया छिरेश्वर न.पा. वडा नं. ५ को बाटो छेउमा फ्याँकेर भागेका थिए । फरार भएका चालक मगरलाई, वटेश्वर गा.पा. वडा नं. ४ बाट नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ। गाउँपालिका अध्यक्ष भने सम्पर्कमा आएका छैनन्।  

अध्यक्ष राउतलाई पक्राउ गर्न माग गर्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी समेत भएको छ।

गाउँपालिका अध्यक्ष राउतलाई पक्राउ गर्न माग गर्दै गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ। विभिन्न पार्टीका स्थानीय नेता तथा कार्यकर्ता सहित, नागरिक समाज तथा त्यहाँका सर्वसाधारणले अध्यक्षलाई पक्राउ गर्न माग गर्दै गाउँपालिकामा तालाबन्दी गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell