PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

विप्लवसँग वार्ता गर्ने निर्णयको कमल थापाले गरे स्वागत, राजादेखि विप्लवसम्म अटाउने सर्वपक्षीय सम्मेलन माग



पहिलोपोस्ट

विप्लवसँग वार्ता गर्ने निर्णयको कमल थापाले गरे स्वागत, राजादेखि विप्लवसम्म अटाउने सर्वपक्षीय सम्मेलन माग

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता गर्ने सरकारको निर्णयको स्वागत गरेका छन्।

सरकारले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहेको वार्ता समिति गठन गरेलगत्तै राप्रपा अध्यक्ष थापाले फेसबुकमा भनेका छन्, ‘नेकपा (माओवादी) विप्लव समूहसँग वार्ता हुनु सकारात्मक हो।’

थापाले राजादेखि विप्लवसम्म सबै पक्ष अटाउने सर्वपक्षीय सम्मेलनको माग पनि गरेका छन्। ‘यदि साच्चै देश र जनताको हितमा काम गर्ने हो भने कसैलाई निषेध नगरी सबै नेपाली अटाउने राजनीतिक प्रणाली निर्माण गर्न राजादेखि विप्लवसम्म र राष्ट्रिय राजनीतिमा क्रियाशील सबै दल र पक्षहरूको प्रतिनिधित्व हुने सर्वपक्षीय सम्मेलन गरौं,’ उनले भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell