PahiloPost

May 16, 2026 | २ जेठ २०८३

विप्लवले गरे प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन



पहिलोपोस्ट

विप्लवले गरे प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन

काठमाडौं : नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको भूमिगत नेपाल कम्युनिस्ट पार्टीले वार्ताका लागि पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड नेतृत्वको दुई सदस्यीय उच्चस्तरीय वार्ताटोली गठन गरेको छ।

सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा दुई सदस्यीय वार्ता टोली गठन गरेलगत्तै विप्लव समूहले पनि वार्ता समिति बनाएको हो।
सरकारले वार्ताका लागि समिति बनाएलगत्तै प्रेस विज्ञप्ति जारी गर्दै विप्लवले 'सरकारसँग देशका राजनीतिक, आर्थिक र राष्ट्रिय स्वाधीनताका विषयमा वार्तामा बस्न सहमत' भएको जनाएका छन्। वार्ता टोलीमा प्रकाण्ड र केन्द्रीय सदस्य दीपक रहने विज्ञप्तिमा जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell