PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

पापको घडा भरिसकेको छ, रेशमलाई नछोडे जेल भराऊ आन्दोलन हुन्छ: राजेन्द्र महतो, ‘सरकारमा सहभागी हुन्नौं’



एम बम

पापको घडा भरिसकेको छ, रेशमलाई नछोडे जेल भराऊ आन्दोलन हुन्छ: राजेन्द्र महतो, ‘सरकारमा सहभागी हुन्नौं’

कैलाली : जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरू अहिलेकै अवस्थामा सरकारमा सहभागी नहुने स्पष्ट पारेका छन्। संविधान संशोधनलगायत आफ्ना मागहरू सम्बोधन नभएसम्म सरकारमा जाने विषयमा आफूहरू नरहेको उनले स्पष्ट पारेका हुन्। जनता समाजवादी पार्टीले कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपाको आन्तरिक विवाद कायमै रहेकाले कुनै अमुक समूहसँग सहकार्य गरेर सरकारमा नजाने स्पष्ट पारे।

प्रधानमन्त्रीको प्रतिगमनमात्रै नभएर संविधान जारी गर्दाको समयको प्रतिगमन नसच्चिएसम्म सरकारमा नजाने उनको अडान छ। ‘केपी ओलीले ल्याएको प्रतिगमन त सच्चियो तर तपाईँ चार पार्टी काँग्रेस, एमाले, माओवादी र विजय गच्छदार समेत गरी तत्कालीन चार पार्टी मिलेर ल्याएको प्रतिगमन खोइ सच्चिएको?’ उनले अगाडि भने, ‘संविधान बनाउँदा खेरी गोली लगाएर संविधान बनाएको हो। त्यसैले हाम्रा एजेन्डा, मागहरू सम्बोधन नभएसम्म सरकारमा सहभागी हुन्नौं।’

उनले थारुहरू माथि सरकारले नै अन्याय गरेको भन्दै अब रेशम चौधरीलाई रिहाइ नगरे जेल भराऊ आन्दोलन हुने चेतावनी दिए। पापको घडा भरिसकेकाले अब रेशम चौधरीलाई जेलमा राखिराख्ने तागत सरकारसँग नभएको पनि उनको दाबी छ।

‘अब पापको घडा भरिसकेको छ,’ उनले थपे, ‘अब रेशमलाई त भित्र राखने त क्षमता छैन। अब हामी जति छौं जेल भराऊ अभियान सुरु गरेर हामीलाई जेलमा राख्ने ठाउँ नै हुँदैन, त्यो आन्दोलन हुन सक्छ। त्यसैले अब यो सरकारसँग रेशम चौधरीलाई धेरै लामो समयसम्म जेलमा राख्ने, कालकोठरीमा राख्ने तागत छैन।’

संविधान संशोधनका विषयमा सरकार गम्भीर नभए अब छुट्टा छुट्टै नभएर सबै उत्पीडित वर्गहरूले संयुक्त आन्दोलन गर्ने महतोले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell