PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

ओलीको चुनौती : 'कसैले हटाए हटाओस् सजिलै हट्छु, दुई वर्षमा दुई तिहाइका साथ सिंहदरवार फर्कन्छु'



पहिलोपोस्ट

ओलीको चुनौती : 'कसैले हटाए हटाओस् सजिलै हट्छु, दुई वर्षमा दुई तिहाइका साथ सिंहदरवार फर्कन्छु'

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट हटाए सजिलै हट्ने बताएका छन्। झापाको बिर्तामोडमा आयोजित पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै ‌ओलीले हटाउन भने सजिलो नभएको दाबी गरे।

अबको चुनावमा आफू दुई तिहाइ बहुमत ल्याएर फेरि पनि सिंहदरवार फर्कन ओलीको दाबी छ। 'अहिले पनि कसैले हटाउन सके हटाओस् तर सजिलो छैन। खुसी साथ हट्छु। तर आउने चुनावमा दुई तिहाइका साथ सिंहदरबारमा फर्कन्छु,' उनले भने।

२३ गतेका लागि आह्वान गरिएको प्रतिनिधि सभाको बैठक सकारात्मक रुपमा अगाडि बढाउने ओलीले प्रतिबद्धता जनाए। उनले आफू कहिल्यै अदालतमा मुद्दा हाल्न नगएको जिकिर गर्दै आफू सधै जनताको अदालतमा जाने बताए।

'अदालतले संसद व्युतायो केही छैन। प्रधानमन्त्रीका रुपमा अदालतको फैसला मान्य हो। अधिवेशन बोलाएको छ। राम्ररी अधिवेशन अगाडि बढाउने मेरो भूमिका हुन्छ। मेरो नकारात्मक भूमिका कहिल्य हुँदैन। म मुद्दा लड्न गएको पनि छैन। म राजनीति गर्ने मान्छे हो। दर्खास्त हाल्न आउँदा तपाइ कहाँ आउँछु। न्याय चाहियो भनेर,' उनले भने।

नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारत र चीनका लागि कम्फर्टेबल सरकार बनाउने अभिव्यक्ति दिएको भन्दै ओलीले कटाक्ष पनि गरे। उनले छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध आवश्यक भए पनि 'कम्फर्टेबल' सरकार आवश्यक नभएको तर्क गर्दै भने, 'छिमेकीसँग मैत्रीपूर्ण सम्बन्ध बनाउनु पर्छ। नेपाली जनतालाई सजिलो हुने सरकार चाहियो। बाटो दिने, खानेपानी दिने सरकार चाहियो। गरिबका बालबालिका लाई पढाइ दिने सरकार चाहियो। नेपालीका लागि कम्फर्टेबल सरकार चाहियो। छिमेकीका लागि होइन।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell