PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

बुटवलमा फागुन २३ देखि समुदायस्तरमा कोभिडविरुद्धको खोप लगाइने



पूजा पन्थी

बुटवलमा फागुन २३ देखि समुदायस्तरमा कोभिडविरुद्धको खोप लगाइने

बुटवल : बुटवल उपमहानगरपालिकाले समुदायस्तरमा फागुन २३ गतेदेखि कोभिडविरुद्धको खोप सञ्चालन गर्ने भएको छ। त्यसअघि उपमहानगरका सबै १९ वटै वडामा जोखिमयुक्त समूहमा कोभिड एन्टिजेन परीक्षण शुरु हुँदैछ।

महामारी नियन्त्रणमा पालिकाहरुमध्येमा मुलुकमै नमुना काम गरेको बुटवल उपमहानगरपालिकाले जनस्वास्थ्यको क्षेत्रमा अर्को व्यवस्थित कामको थालनी गरेको हो। जोखिमयुक्त खोप अघि समूहमा गरिने एन्टिजेन परीक्षण र फागुन २३ देखि समुदायमा शुरु गरिने खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिँदै उपमहानगरका प्रमुख शिवराज सुवेदीले सहज एवं विश्वसनीय सेवा प्रदान गर्न आग्रह गरे।

कोरोना भाइरसको विश्वव्यापी महामारीका समयमा बुटवलमा जनप्रतिनिधिसँगै स्वास्थ्यकर्मी र नागरिक स्तरबाट भएको समन्वय एवं सहकार्यको प्रसंशा गर्दै उनले अब पनि यस्तै सहकार्यको खाँचो रहेको बताए। उपमहानगरका शहरी स्वास्थ्य केन्द्र, शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र तथा स्वास्थ्य चौकीहरुमा खोप कार्यक्रम सञ्चालन हुने बताइएको छ।

लुम्बिनी प्रादेशिक अस्पताल र सिद्धार्थ बाल तथा महिला अस्पतालसमेत गरी १० स्थानमा उपमहानगरको खोप केन्द्र रहने उपप्रमुख गुमादेवी आचार्यले बताइन्। उपमहानगरले २३ फागुनदेखि ६० वर्षमाथिका नागरिकलाई कोभिडविरुद्दको खोप लगाउने निर्णय गर्दै आवश्यक तयारी गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell