PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

चौँथो खुला लन टेनिसको उपाधि रितिक र प्रेरणालाई



पहिलोपोस्ट

चौँथो खुला लन टेनिसको उपाधि रितिक र प्रेरणालाई

बुटवल : रुपन्देहीमा सम्पन्न चौँथो खुला लन टेनिस प्रतियोगिताको उपाधि बुटवलका रितिक रानाले हात पारेका छन्। मंगलवार भएको रोमाञ्चक फाइनलमा सन्तोष खत्रीलाई ६-३, ७-५ को सोझो सेटमा पराजित गर्दै उनले उपाधि चुमेका हुन्।

त्यस्तै, महिला सिंगलको उपाधि प्रेरणा कोइरालाले जितिन्। उनले फाइनलमा अभिलाषा विष्टलाई ६-३, ६-१ को सेटमा पराजित गरेकी हुन्।

पाँच दिनसम्म चलेको प्रतियोगिताको ३५ प्लसतर्फ कमल भण्डारीले सञ्जय प्रकाश श्रेष्ठलाई ६-२, ६-० को सेटमा पराजित गर्दै उपाधि चुमे। बुटवलका श्रेष्ठ पहिलोपटक फाइनल पुगेका थिए।

यसैगरी, ४५ प्लसतर्फ चन्द्र शाहि (यु एण्ड मी)ले धर्म लामिछानेलाई ६-४, ६-३ को सोझो सेटमा पराजित गर्दै उपाधि हात पारे। त्यस्तै, ५५ प्लसतर्फ हिमाल शाहले मनोज राणालाई ६-७, ६-२, १०-२ को सेटमा पराजित गरे।

विजेताहरुले नगद ४५ हजार रुपैयाँ प्राप्त गरेका छन्। यसैबीच, नेपालका टेनिस खेलमा महत्त्वपूर्ण योगदान दिएका लन टेनिसका प्रमुख प्रशिक्षक कृष्णराज घलेलाई नगद १८ हजारसहित दोसल्लाबाट सम्मान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell