PahiloPost

May 16, 2026 | २ जेठ २०८३

काठमाडौ मेयरकप क्रिकेटको खेलतालिका सार्वजनिक, पहिलो खेलमा आर्मी र एपीएफ भिड्ने



पहिलोपोस्ट

काठमाडौ मेयरकप क्रिकेटको खेलतालिका सार्वजनिक, पहिलो खेलमा आर्मी र एपीएफ भिड्ने
प्रधानमन्त्री कपको फाइनलमा प्रतिस्पर्धा गर्दै आर्मी र एपीएफको टिम। फाइल फोटो।

काठमाडौं: फागुन २२ गतेबाट सुरु हुने काठमाडौं मेयर कपको तालिका नेपाल क्रिकेट संघ क्यानले सार्वजनिक गरेको छ। तालिका अनुसार प्रतियोगिताको पहिलो खेलमा विभागीय टोलीहरु त्रिभुवन आर्मी क्लब र एपीएफ भिड्ने छ।

प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित टियू क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा सम्पन्न हुनेछन्। २२ गते सुरु भएको प्रतियोगिताको फाइनल खेल फागुन २९ गते सम्पन्न हुनेछ।

प्रतियोगितामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका सेमिफाइनलमा पुगेका चार टिमहरु एपीएफ, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र वाग्मती प्रदेश टिम रहने छन् भने अर्को टोली काठमाडौं महानगरपालिकाको टोली हुनेछ। महानगरपालिकाको टोलीमा सेमिफाइनसम्म नपुगेका प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशबाट खेलेका खेलाडी समावेश गरेर टिम घोषणा भइसकेको छ।

यसअघि माघ ३० गते काठमाडौं महानगरपालिका र क्यानबीच काठमाडौं मेयर कप आयोजना गर्ने सम्झौता भएको थियो। सम्झौता अनुसार क्यानले चैत मसान्तसम्म क्यानले प्रतियोगिता आयोजना गर्ने र यसका लागि महानगरपालिकाले पचास लाख रुपैयाँ क्यानलाई प्रदान गर्ने सहमति थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell