PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

सरकार र विप्लवको वार्ता समिति गठन सकारात्मक : कांग्रेस, इमान्दार वार्ताबाट समाधानमा पुग्न आग्रह



पहिलोपोस्ट

सरकार र विप्लवको वार्ता समिति गठन सकारात्मक : कांग्रेस, इमान्दार वार्ताबाट समाधानमा पुग्न आग्रह

काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार र नेत्रविक्रम चन्द विप्लव समूहले वार्ताका लागि समिति गठन गर्ने निर्णय सकारात्मक भएको प्रतिक्रिया दिएको छ।

सरकारले गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहेको समिति गठन गरेको छ भने विप्लव समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र केन्द्रीय सदस्य दिपक सदस्य रहेको समिति बनाएको छ।

दुबै पक्षको समिति गठनलाई सकारात्मक रुपमा लिँदै कांग्रेसले इमान्दार वार्ताबाट समाधानमा पुग्न आग्रह समेत गरेको छ।

प्रवक्ता विश्वप्रकाश शर्माद्वारा मंगलवार साँझ जारी विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेस सबै समस्याको समाधान वार्ता, संवादबाट गर्नु पर्ने मान्यतामा दृढ रहँदै आएको छ। सरकार र विप्लव समूहले इमान्दारीपूर्वक बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, संसदीय शासन प्रणालीको परिधि भित्र रहि समाधान खोज्ने छन् भन्ने विश्वास कांग्रेसले लिएको छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell