PahiloPost

Jul 18, 2026 | २ साउन २०८३

लागुऔषध मुद्दामा थुनामा रहेका भाइलाई जुत्तामा चरेस राखेर दिन खोज्ने दाइ पक्राउ



राधेश्याम पटेल

लागुऔषध मुद्दामा थुनामा रहेका भाइलाई जुत्तामा चरेस राखेर दिन खोज्ने दाइ पक्राउ

वीरगंज : पर्सा प्रहरीले वीरगंज कारागारमा पुर्पक्षको लागि थुनामा रहेका एक अभियुक्तलाई चरेशको धुलो पुर्‍याउने एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका वडा नम्बर १ का २२ वर्षीय मिङ्मा शेर्पा रहेका छन्।

उनले लागुऔषध मुद्दामा थुनामा रहेको अवस्थामा भेट्न जाँदा कालो झोला भित्र कालो जुत्ताको तलुवामा करिब १० ग्राम चरेशको धुलो लुकाएर लगेको भेटिएपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको पर्साका प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए। कारागारमा हुने सुरक्षाकर्मीको आँखा छल्ने किसिमले चरेशको धुलो जुत्ताको सोल भित्र लैजाने काम गरेकोले लागुऔषध सम्बन्धी कसुरमा उनलाई नियन्त्रणमा लिइएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell