PahiloPost

Apr 17, 2024 | ५ बैशाख २०८१

महिला कर्मचारीलाई दुर्व्यवहार गरेको अभियोगमा रिद्धिसिद्धी सिमेन्टका महाप्रबन्धक पक्राउ



निशा गुरुङ

महिला कर्मचारीलाई दुर्व्यवहार गरेको अभियोगमा रिद्धिसिद्धी सिमेन्टका महाप्रबन्धक पक्राउ

हेटौँडा : महिला कर्मचारीलाई दुर्व्यवहार गरेको अभियोगमा हेटौँडाको रिद्धिसिद्धी सिमेन्ट उद्योगका महाप्रबन्धक लोकेन्द्र बहादुर मल्ल पक्राउ परेका छन्।

उद्योगमा कार्यरत महिला कर्मचारीले आफूलाई हातपात र दुर्व्यवहार गरेको भन्दै उजुरी दिएपछि मल्ललाई सोमवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए। पूर्व एसएसपी समेत रहेका महाप्रबन्धक मल्ललाई अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको रानाले बताए।

घटनापछि त्यहाँ कार्यरत सबै कर्मचारी र स्थानीय वासिन्दाहरुले हेटौँडाको चुरीयामाइमा रहेको रिद्धिसिद्धी सिमेन्ट उद्योग दुई दिनदेखि बन्द गराएका छन्। पक्राउ परेका मल्ललाई कानुन अनुसार कारबाही हुनुपर्ने उनीहरुको माग छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell