PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

बाँसघारीमा जुवा खेल्ने ३ जना पक्राउ, पौने २ लाख बरामद



राधेश्याम पटेल

बाँसघारीमा जुवा खेल्ने ३ जना पक्राउ, पौने २ लाख बरामद

वीरगंज : पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर १ विश्रामपुरमा जुवा खेलिरहेका ३ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ। जुवा खेलिरहेको सूचनाको आधारमा प्रहरीले छापा मार्दा १५ जना फरार भएको र बाँकी ३ जना पक्राउ परेको पर्सा प्रहरीले जनाएको छ। जुवाको खालबाट १ लाख ७६ हजार नगद र एक बुक तास पनि भेटिएको पर्साका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले बताए।

सो विषयमा थप अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा सोही नगरपालिका वडा नम्बर ९ बस्ने ४० वर्षीय गुरदेली साह, बाराको कलैया २३ बस्ने वर्ष ५२ का बहादुर साह र कलैया १४ का वर्ष ४० का राजेश मेहता रहेको पर्सा प्रहरीले जनाएको छ।

फरार रहेका व्यक्तिहरुको पहिचान भइसकेकोले उनीहरुको खोजी कार्य भइरहेको जनाइएको छ। पछिल्लो पटक पर्साको ग्रामिण भेगमा जुवा तास खेल्ने प्रवृति बढ्दै गएको छ। गाउँको नजिकै रहने बाँसघारी तथा फुलबारी बगैचामा जुवा तास खेलाउने र खेल्ने काम भइरहेको स्थानीयले बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell