PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

स्वदेश फर्किएपछि बाबुराम भट्टराईले भने, ‘राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माण गरौँ’



पहिलोपोस्ट

स्वदेश फर्किएपछि बाबुराम भट्टराईले भने, ‘राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माण गरौँ’
फाइल फोटो।

काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई भारतमा स्वास्थ्य परीक्षणपछि आज स्वदेश फर्किएका छन्। भारतमा दश दिनको स्वास्थ्य परीक्षणपछि भट्टराई आज स्वदेश फर्किएका हुन्।

स्वदेश फर्किएपछि उनले ट्विट गर्दै आफ्नोभन्दा देशको स्वास्थ्यले गम्भीर बनाएको बताए। अहिलेको समस्याको जरो ०६५/६६ पछि भत्केको राजनीतिक सहमति भएको भन्दै उनले एक पटक ‘फरगिभ र फरगेट’को स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माणको प्रस्ताव गरेका छन्।

उनले भने, ‘अहिलेको समस्याको जरो ०६५/६६ पछि भत्केको राजनीतिक सहमति हो! बाटो बिराए पुरानै ठाउँमा फर्कनू भने झैँ एक पटक फरगिभ र फरगेटको स्पिरिटमा राजनीतिक सहमति गरेर चुनावी सरकार निर्माणसँगै यी काम गरौं...’

 

उनले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, सहमतिले संविधान संशोधन गर्ने, संवैधानिक अंगहरूलाई निष्पक्ष बनाएर सुशासन दिने, समावेसी समृद्धिको वृहद गुरूयोजना बनाएर कार्यान्वयन गर्ने, विश्व/छिमेकमा बदलिदो भूराजनीतिलाई ध्यान दिँदै मुख्यत: भारत/चीन/अमेरिकासँग असल सम्बन्ध बनाउने प्रस्ताव समेत गरेका छन्।

नेपालमा परीक्षणका क्रममा न्युरो इन्डोक्राइन ट्युमरको शंका गरिएका भट्टराईलाई भारत रेफर गरिएको थियो। तर, परीक्षणका क्रममा उनको ट्युमर क्यान्सर नभएको पुष्टि भएको छ।

चिकित्सकहरुले उनको ट्युमर केही महिनामा नै शल्यक्रिया गरी फाल्नु पर्ने र यदी बेलामा नै शल्यक्रिया गरी ट्युमर नफाले क्यान्सर हुन सक्ने बताएका छन्।

भट्टराईको दिल्लीस्थित यकृत एवंम पित्त विज्ञान संस्थानमा स्वास्थ्य परीक्षण गरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell