PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके-२०२०’का उपविजेता सन्तोष साहलाई नेपाल पर्यटन बोर्डको सम्मान



पहिलोपोस्ट

‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके-२०२०’का उपविजेता सन्तोष साहलाई नेपाल पर्यटन बोर्डको सम्मान

काठमाडौं : ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स यूके-२०२०’का उपविजेता सन्तोष साहलाई नेपाल पर्यटन बोर्डले सम्मान गरेको छ। मंगलवार नेपाल पर्यटन बोर्डले साहलाई नेपाली खानाको माध्यमबाट संसारभर नेपाललाई चिनाएको भन्दै सम्मान गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले सन्तोषले अन्तर्राष्ट्रिय जगतमा नेपाली खाना चिनाउन सफल भएकोमा उनको योगदानप्रति मन्त्रालयको तर्फबाट धन्यवाद ज्ञापन गरे। सचिव कोइरालाले नेपाली खानालाई सबै होटल तथा रेष्टुरेन्टमा ब्रान्ड बनाएर अन्तर्राष्ट्रियकरण गर्नुपर्ने आवश्यकता रहेको र युनेस्कोमा समेत दर्ता गर्नुपर्ने बताए।

सेफ साहले नेपाललाई विश्व सामु चिनाउने कोसिस गरेको बताए। सेफलाई पनि सम्मान गर्ने नेपाली संस्कार बसेको भन्दै उनले खुशी व्यक्त गरे। खानाको क्षेत्रलाई प्राथमिकता दिन सके नेपाललाई धेरै राम्रो बनाउन सकिने उनको भनाइ छ।

सिरहा जिल्लाको कर्जनाहामा जन्मिएका साह लामो समयदेखि बेलायतमा बस्दै आएका छन्। बिहीवार मात्रै काठमाडौं आएका उनलाई विमानस्थलमै पनि भव्य स्वागत गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell