PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

विघटन बदरपछिको पहिलो बैठकका लागि तयार भयो प्रतिनिधिसभा

विघटन बदरपछिको पहिलो बैठकका लागि तयार भयो प्रतिनिधिसभा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं :  फागुन २३ गते प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ। केपी शर्मा ओली नेतृत्वको सरकारले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गरेसँगै बैठक बस्ने तयारी सुरु भएको हो।

सर्वोच्चले फागुन ११ गते फैसला सुनाउँदै १३ दिन भित्र बैठक बोलाउन आदेश समेत दिएको थियो। त्यसैकारण सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते अपराह्न ४ बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरेकी हुन्।

महिनौंपछि प्रतिनिधिसभा बैठक बस्न लाग्दा अहिले बैठक कक्षको व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ। हाल बैठक कक्षको सरसफाइको काम सकिएको छ।

सभामुख अग्निप्रसाद सापकोटाले मंगलबार संसद भवन पुगेर बैठको तयारी बारे जानकारी समेत लिएका थिए। प्रतिनिधिसभाको बैठकअघि विभिन्न दलका नेता र कार्यव्यवस्था परामर्श समितिमा छलफल गरेर बैठकलाई अगाडि बढाउने तयारी छ।



ट्रेन्डिङ पोस्ट

Ncell