PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

घरेलु मैदानमा जित निकाल्दै शीर्षस्थानमा म्यानचेस्टर सिटीको १५ अंकको अग्रता



पहिलोपोस्ट

घरेलु मैदानमा जित निकाल्दै शीर्षस्थानमा म्यानचेस्टर सिटीको १५ अंकको अग्रता
Photo : Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले वुल्भरह्याम्टन वन्डरर्समाथि सहज जित निकालेको छ। इतिहाद स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली सिटीले वुल्भरह्याम्टनमाथि ४-१ गोलअन्तरको फराकिलो जित निकालेको हो।

खेलको १५ औं मिनेटमा वुल्भ्सका लेन्डेर डेनडोन्करको आत्मघाती गोलमा सिटीले अग्रता बनाएको थियो। पहिलो हाफमा एक गोलले अघि रहेको सिटीलाई दोस्रो हाफमा वुल्भ्सका कोनोर कोएडीले गोल फर्काउँदै बराबरीमा ल्याए। उनले खेलको ६१ औं मिनेटमा गोल गरेपछि सिटी आक्रामक देखियो। सिटीका लागि गाब्रियल जिससले ८० औं मिनेट र अतिरिक्त समयमा गोल गर्दा रियाद महरेजले ९० औं मिनेट गोल थपे। र, सिटीले वुल्भ्समाथि ४-१ गोलअन्तरको सहज जित निकाल्यो।

जारी सिजन सिटीको सबै प्रतियोगिताहरुमा गरी यो लगातार २१ औं जित हो।

जितसँगै सिटीले अंकतालिकाको शीर्षस्थानमा १५ अंकको अग्रता बनाएको छ। शीर्षस्थानमा रहेको सिटीले २७ खेलबाट ६५ अंक बनाएको छ भने दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ५० अंक छ। त्यस्तै २७ खेलबाट ३४ अंक जोडेको वुल्भ्स तालिकाको १२ औं स्थानमा छ।

आइतवार सिटीले म्यानचेस्टर युनाटेडसँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell