PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

युभेन्टसको सहज जितमा रोनाल्डोको गोल



पहिलोपोस्ट

युभेन्टसको सहज जितमा रोनाल्डोको गोल
Photo: Reuters

इटालियन सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा युभेन्टसले स्पेजियामाथि सहज जित निकालेको छ। घरेलु मैदानमा भएको खेलमा युभेन्टसले स्पेजियामाथि ३-० गोलअन्तरले जित निकालेको हो।

पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा युभेन्टसका लागि अल्भारो मोराटाले खेलको ६२ औं मिनेटमा अग्रता दिलाएका थिए। त्यस्तै ७१ औं मिनेटमा फेडेरिको किएजाले गोल गर्दा क्रिस्टियानो रोनाल्डोले ८९ मिनेटमा गोल थपे। र, युभेन्टसले ३-० को सहज जित निकाल्यो।

गएरातिको खेलमा गोल गरेसँगै रोनाल्डोले जारी सिजन २० गोल पुरागरेका छन्। यो सँगै रोनाल्डो युरोपियन शीर्ष पाँच लिगमा लगातार १२ पटक कम्तिमा २० गोल गर्ने पहिलो खेलाडी बनेका छन्।

जितसँगै २४ खेलबाट ४९ अंक जोडेको युभेन्टस तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। शीर्ष दुईमा रहेका इन्टर मिलान र एसी मिलानको क्रमश ५६ र ५२ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell