PahiloPost

May 22, 2024 | ९ जेठ २०८१

भोजपुर मेयरकप ब्याडमिन्टन आजबाट



पहिलोपोस्ट

भोजपुर मेयरकप ब्याडमिन्टन आजबाट
प्रतियोगिता सञ्चालनबारे छलफल गर्दै आयोजक। फोटो: राखेप

काठमाडौं: भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रदेश १ स्तरिय मेयर कप ब्याडमिन्टन प्रतियोगिता आजबाट हुँदैछ।

प्रतियोगिताका लागि सम्पूर्ण तयारी पुरा भई सकेको आयोजकले जनाएको छ।

धेरै लामो समय देखि घरायसी कारणले प्रतियोगितामा सहभागिता जनाउन नपाइरहेको अवस्थामा आफ्नै जिल्लामा प्रतियोगिता हुन लागेकोले निकै उत्साहित भएको खेलाडी विवेक श्रेष्ठले बताए।

भोजपुरमा ठुला प्रतियोगिताहरु नभइरहेको अवस्थामा यस ब्याडमिन्टन प्रतियोगिताहरुले खेलाडी उत्पादनमा निकै नै सहयोग पुग्ने भोजपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष पूर्व राष्ट्रिय च्याम्पियन विकास श्रेष्ठले बताए।

‘भोजुरमा खेलाडीहरु उत्पादन गर्ने उद्धेश्यले हामीले पहिलो पटक जिल्ला भित्रका मात्रै यु १३ को ब्वाईज र गर्ल्स प्रतियोगिता गर्न गईरहेका छौ,’ उनले भने, ‘साना खेलाडीहरुलाई ब्याडमिन्टन खेल प्रति उत्साहित गर्दै भोजपुरमा खेलाडी उत्पादन गर्ने उद्धेश्यले यु १३ को ब्वाईज र गर्ल्सको प्रतियोगितालाई पनि समावेश गरेका छौं,’

सदरमुकामस्थित भोजपुर बहुमुखी क्याम्पस प्राङ्गणमा रहेको भोजपुर जिल्ला ब्याडमिन्टनको कभर्डहलमा संचालन हुने प्रतियोगितामा पुरुष तथा महिला एकल, पुरुष युगल, यु – १७ र यु – १३ ब्वाईज तथा गर्ल्स गरि ९९ खेलाडीहरुले कुल ७ विधामा प्रतिस्पर्धा गर्नेछन्।

करिब १२ लाख अनुमानित बजेट रहेको प्रतियोगितामा पुरुष युगलका शीर्ष तीन स्थान प्राप्त गर्नेले क्रमशः ५० हजार, ३० हजार र १५ हजार, पुरुष एकलमा शीर्ष तीन स्थान प्राप्त गर्नेले २५ हजार, १५ हजार र ७ हजार ५ सय, महिला एकलका शीर्ष तीन स्थान प्राप्त गर्नेले २० हजार, १० हजार र ५ हजार तथा यु – १७ ब्वाइज तथा गर्ल्स तर्फ शीर्ष तीन स्थान प्राप्त गर्नेले १५ हजार, ८ हजार र ४ हजार नगद सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

यु १३ का खेलाडीहरुलाई प्रोत्साहन स्वरुप शीर्ष तीनका खेलाडीहरुले नगद ५ हजार, ३ हजार र १५ सय सहित मेडल प्रमाण पत्र र ट्रफी प्राप्त गर्ने आयोजकले जनाएका छन्।

प्रतियोगितालाई भोजपुर नगरपालिकाले ७ लाख सहयोग गरेको छ। प्रतियोगितालाई नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell