PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

बालुवाटारमै सुरु भयो नेत्रविक्रम चन्दको नेकपासँग सरकारको वार्ता



पहिलोपोस्ट

बालुवाटारमै सुरु भयो नेत्रविक्रम चन्दको नेकपासँग सरकारको वार्ता
फाइल फोटो

काठमाडौं : सरकारले र प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहसँग वार्ता सुरु भएको छ। 

आज बिहानबाट वार्ता सुरु भएको हो। प्रधानमन्त्री निवास बालुवाटरमा वार्ता सुरु भएको छ। सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय समिति बनाएलगत्तै विप्लव समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'को नेतृत्वमा दुई सदस्यीय वार्ता समिति गठन गरेको थियो। सरकारी समितिमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई छन्।

'वार्ता निरन्तर चलिरहेको छ। दुबै समुहबाट वार्तामा सामेल हुनुहुनुहन्छ उहाँहरु,' नेकपा नेता सुभासचन्द्र नेवाङले भने।

गृहमन्त्री रामबहादुर थापा साढे ९ बजे नै बालुवाटार पुगेका थिए। त्यस्तै विप्लव समूहका वार्ता समिति संयोजक खड्गबहादुर विश्वकर्मा पनि बालुवाटर पुगेका हुन्। विश्वकर्मा हिजो नै काठमाडौं प्रवेश गरेको प्रहरी स्रोतले जानकारी दिएको छ।

विप्लव समूहले आफूमाथि लगाएको प्रतिवन्ध फुकुवा गर्नुपर्ने, पक्राउ परेका नेता तथा कार्यकर्तालाई रिहा गर्नु पर्ने प्रमुख माग अघि सारेको छ।

सरकारले २०७५ फागुन २८ गते नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई प्रतिवन्ध लगाएको थियो। प्रतिबन्धपछि २ हजारबढी नेता तथा कार्यकर्ता पक्राउ परेका छन्। अहिले पनि विप्लव समुहका १ सय २६ जना नेता पूर्पक्षको लागि कारागारमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell