PahiloPost

May 16, 2026 | २ जेठ २०८३

सरकार र नेत्रविक्रम चन्द समूहको पहिलो चरणको वार्ता सकियो, वार्ता सकारात्मक भएको नेताको दावी



पहिलोपोस्ट

सरकार र नेत्रविक्रम चन्द समूहको पहिलो चरणको वार्ता सकियो, वार्ता सकारात्मक भएको नेताको दावी

काठमाडौं : सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पहिलो चरणको वार्ता सकिएको छ।

आज बिहानबाट वार्ता सुरु भएको थियो। प्रधानमन्त्री निवास बालुवाटरमा वार्ता भएको हो। सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय समिति बनाएलगत्तै विप्लव समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'को नेतृत्वमा दुई सदस्यीय वार्ता समिति गठन गरेको छ। सरकारी समितिमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई छन्।

भट्टराईले पहिलो चरणको वार्ता सकारात्मक रुपमा अघि बढेको बताएका छन्। 

विप्लप तर्फबाट प्रकाण्ड र दीपक चलाउने दुई जना वार्तामा संलग्न थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell