PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

सांसदहरुलाई कोरोना विरुद्धको खोप, प्रचण्डले छोरीसँगै लगाए, दुखाइबारे सभामुख भन्छन्: यो बहुत सहज छ

सांसदहरुलाई कोरोना विरुद्धको खोप, प्रचण्डले छोरीसँगै लगाए, दुखाइबारे सभामुख भन्छन्: यो बहुत सहज छ

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप दिन शुरु गरिएको छ। बुधबार बिहान १० बजेदेखि सिभिल अस्पाल नयाँ बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप दिन शुरु गरिएको हो।

पहिलो दिन सभामुख अग्निप्रसाद सापकोटा लगायत सांसदहरुले कोभिड १९ विरुद्धको खोप लगाउनु भएको छ। बुधबार सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, राष्ट्रिय सभाका उपाध्यक्ष लगायत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई खोप लगाउने कार्यक्रम रहेको छ। कोभिड १९ विरुद्धको खोप लगाइसकेपछि सभामुख अग्निप्रसाद सापकोटाले कोभिड १९ विरुद्ध पूर्ण विजय हासिल गर्न सकिन्छ भन्ने विश्वास पैदा भएको प्रतिक्रिया दिए।

खोप वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएका कारण निर्धक्क भएर सबैले लगाउनु हुनेमा उनले विश्वास व्यक्त गरे। उनले भने, ‘यसको असर प्रभाव बारे त मैले भर्खरै लगाउँदै छु। मैले सबै कुरा भन्नु त हतार होला तर मलाई खोप लगाइसकेपछि अहिले भएको अनुभूति के छ भने यो बहुत सहज छ। यो वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको भएपछि यसमा पुरै निर्धक्क भएर सबैले लगाए हुन्छ। किनभने यो विज्ञानको कुरा हो। वैज्ञानिक प्रयोगबाट सफल भएको हुनाले सम्पूर्ण नेपालीहरुले कुनै पनि रौँ बराबरको पनि हिच्किचाहट नगरीकन लाउँदा फाइदा हुन्छ।’

सभामुख सापकोटाले सांसदहरुलाई खोप लगाउन गरिएको व्यवस्थापन राम्रो रहेको पनि बताए। खोप अभियान सफल भई विश्वव्यापी रुपमै कोभिड १९ माथि विजय प्राप्त गर्नेमा उनले विश्वास व्यक्त गरे। त्यसैगरी महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारीहरु, सभामुख, अध्यक्ष तथा उपाध्यक्षहरुको नीजि सचिवालयमा कार्यरत कर्मचारीहरु अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा हाजिरी व्यवस्थापनमा कार्यरत कर्मचारीहरु, मर्यादापालकहरु र संसदीय मामिला पत्रकारहरुले खोप लगाउने कार्यक्रम रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell