PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

नेकपा प्रचण्ड-माधव नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक सुरु



पहिलोपोस्ट

नेकपा प्रचण्ड-माधव नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक सुरु
फाइल फोटो

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड- माधव नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ। बैठकमा आज पार्टीको संसदीय दलको नेता परिवर्तन गर्ने विषयमा छलफल हुने बताइएको छ। 

पार्टीको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटीमा छलफलका लागि संसदीय दलको नेता फेर्ने ऐजेन्डा तय गरेको एक स्थायी कमिटी सदस्यले बताए। 

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि दुई पक्षमा विभाजित नेकपाको प्रचण्ड-नेपाल समूहले प्रतिनिधिसभा पुन:स्थापना पछि बस्न लागेको प्रतिनिधिसभाको बैठकका विषयमा छलफल गर्नेसमेत बताइएको छ। संसदको बैठकमा कसरी प्रस्तुत हुने भन्ने रणनीति बैठकले तय गर्ने बताइएको छ। 

सोमबार बसेको नेकपा सचिवालय बैठकले नागरिकता र पार्टीको परिचयपत्रसहित केन्द्रीय बैठकमा उपस्थित हुन केन्द्रीय सदस्यलाई निर्देशन दिएको थियो। सोही अनुरुप बैठक सुरु भएको हो। बैठकले पार्टीको आधिकारिकताको विषयमा निर्वाचन आयोगमा पेश गरेको दाबी माथि पनि छलफल गर्दै आयोगको भूमिकाका विषयमा निर्णय गर्ने बताइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell