PahiloPost

Sep 5, 2026 | २० भदौ २०८३

नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ: शशांक कोइराला



रासस

नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ: शशांक कोइराला

चितवन : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल-नेपाल समूहसँग मिलेर जानुपर्ने बताएका छन्।

चितवनमा बुधवार पत्रकारसँग कुरा गर्दै शशांकले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव कांग्रेस वा दाहाल–नेपाल समूहले दर्ता गर्नुपर्ने बताए।

उनले कांग्रेस सरकारमा नगएर नै नेकपा विभाजन हुन्छ भने सरकारमा जानुको अर्थ नहुने पनि बताए। महामन्त्री डा कोइरालाले भने, ‘नेकपालाई टुटाउने हो भने कांग्रेस सरकारमा जानुपर्छ। त्यसभन्दा पहिले नै टुट्छ भने सरकारमा गएर केही उपलब्धि हुँदैन।’

उनले सबैभन्दा पहिले प्रधानमन्त्रीलाई हटाउनुपर्ने जनाउँदै त्यसका लागि अविश्वासको प्रस्ताव दर्ता हुने बताए।

फरक प्रसंगमा महामन्त्री डा कोइरालाले आगामी भदौ ७ गते महाधिवेशन शुरु हुने जनाउँदै अब मिति नसर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell