PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

सुवास नेम्वाङ र महेश बस्नेतसहित पाँच जनालाई प्रचण्ड-नेपाल पक्षले गर्‍यो कारवाही



पहिलोपोस्ट

सुवास नेम्वाङ र महेश बस्नेतसहित पाँच जनालाई प्रचण्ड-नेपाल पक्षले गर्‍यो कारवाही

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल पक्षले पार्टीको संसदीय दलका उपनेतासहित पाँच जनालाई पार्टीबाट निष्काशन गरेको छ।  

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई दलको उपनेताबाट हटाउने निर्णय गरेको छ। त्यस्तै, सांसद विशाल भट्टराई, केन्द्रीय सदस्यहरु महेश बस्नेत, निरु पाल, र संसदीय दलकी सचेतक शान्ता चौधरीलाई केन्द्रीय कमिटीबाट हटाउने निर्णय गरेको स्थायी कमिटी सदस्य वर्षमान पुनले जानकारी दिए। 

भट्टराईलाई ओलीले संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेका छन्। प्रमुख सचेतक देव गुरुङलाई हटाएर ओलीले भट्टराईलाई नियुक्त गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell