PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

ओली पक्षीय नेताप्रति आक्रामक प्रचण्ड-नेपाल समूह : मन्त्रीदेखि संसदीय दलका उपनेता सम्मलाई कारवाही



पहिलोपोस्ट

ओली पक्षीय नेताप्रति आक्रामक प्रचण्ड-नेपाल समूह : मन्त्रीदेखि संसदीय दलका उपनेता सम्मलाई कारवाही
पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठक।

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव नेपाल समूहले पार्टी विरोधी गतिविधिमा लागेको भन्दै विभिन्न नेताहरुलाई  कारवाही गरेको छ। आज पार्टी कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय कमिटीको बैठकले गरेको कारवाहीमा पार्टीका संसदीय दलका उपनेता, मन्त्री, प्रधानमन्त्रीका सल्लाकारलगायत परेका छन्। 

पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई उपनेताबाट हटाउने निर्णय गरेको हो। त्यस्तै सांसद विशाल भट्टराई, केन्द्रीय सदस्यहरु महेश बस्नेत, निरु पाल, र संसदीय दलकी सचेतक शान्ता चौधरीलाई केन्द्रीय कमिटीबाट निष्काशित गरेको स्थायी कमिटी सदस्य वर्षमान पुनले जानकारी दिए। त्यस्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, मन्त्री प्रभु साह, कर्ण थापा, गोकुल बास्कोटालगायतलाई पनि केन्द्रीय कमिटीबाट हटाइएको छ। 

यसअघि यो समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत साधारण सदस्य नरहने गरी कारवाही गरेको थियो। आज कारवाहीमा परेका भट्टराईलाई ओलीले संसदीय दलको प्रमुख सचेतकमा नियुक्त गरेका छन्। प्रमुख सचेतक देव गुरुङलाई हटाएर ओलीले भट्टराईलाई नियुक्त गरेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell