PahiloPost

May 16, 2026 | २ जेठ २०८३

गृहमन्त्री थापाले 'विप्लव' समूहसँगको वार्तापछि भने, 'छिट्टै सुखद परिणाम आउने अपेक्षा छ'



पहिलोपोस्ट

गृहमन्त्री थापाले 'विप्लव' समूहसँगको वार्तापछि भने, 'छिट्टै सुखद परिणाम आउने अपेक्षा छ'

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द विप्लव समूहसँग सरकारले गरेको वार्ताको परिणाम सुखद आउने बताएका छन्।

बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा सरकार र विप्लव समूहबिच वार्ता भएको थियो।

गृहमन्त्री थापाले वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको भन्दै चाडै परिणाम सुखद आउने दावी गरेका हुन्। सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय समिति बनाए लगत्तै विप्लव समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'को नेतृत्वमा दुई सदस्यीय वार्ता समिति गठन गरेको थियो। सरकारी समितिमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई छन्।

वार्तामा केही सैद्धान्तिक र प्राविधिक विषयको नजिक समेत पुगेको गृहमन्त्री थापाले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell