काठमाडौं: नेपाल प्रहरीका साढे २२ हजार प्रहरीहरुले कोभिड १९ भाइरस विरुद्धको खोप लगाएका छन्। माघ १४ गतेदेखि हालसम्म देशभरबाट साढे २२ हजार प्रहरीले खोप लगाएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्तबहादुर कुँवरले जानकारी दिए।
'खोप लगाउने क्रम अहिले पनि जारी नै रहेको छ। हालसम्म साढे २२ हजारले खोप लगाइसकेका छन्,' एसएसपी कुँवरले भने।
बुधवार प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुलाई कोभिड १९ कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरिएको छ। सरकारले माघ १४ गतेबाट देशभर भारतले अनुदानमा उपलब्ध गराएको खोप लगाउन सुरु गरेको थियो। त्यसपछि सरकारले भारतबाट नै किनेर १० लाख डोज खोप ल्याइसकेको छ।
पहिलो चरणमा पहिलो चरणमा पहिलो चरणमा फोहर मैला व्यवस्थापक तथा सरसफाइकर्मी, एम्वुलेन्स/शव बाहन चालक र सहचालकहरु, प्रत्यक्ष सेवा दिने स्वास्थ्यकर्मीहरु, खोप केन्द्रमा खटिने सुरक्षाकर्मीहरु तथा स्वयम सेवक, महिला स्वास्थ्य स्वयमसेविका, अन्तर्राष्ट्रिय प्रवेश विन्दुमा खटिएका स्वास्थ्र्यकर्मी तथा सुरक्षाकर्मीहरु, वृद्धाश्रमहरुमा खटिएका कर्मचारी, जेलमा रहेका सुरक्षाकर्मीलाई लगाइएको थियो।
