PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सेनाले दैलेखमा हाफ म्याराथन आयोजना गर्ने



पहिलोपोस्ट

सेनाले दैलेखमा हाफ म्याराथन आयोजना गर्ने

काठमाडौं: नेपाली सेनाले सेना दिवस २०७७ को अवसरमा दैलेखमा खुला हाफ म्याराथन गर्ने भएको छ। दैलेख जिल्लामा रहेको इन्द्रदल गुल्मको आयोजनामा फागुन २५ गते दैलेखको काँडाचौरदेखि ऐतिहासिक कोतगढीसम्म २१ किलोमिटरको खुला दौड गराउन लागेको हो।

त्यस्तै जिल्लास्थित सुरक्षा फौज बाहेकका जिल्लाका सरकारी कर्मचारीको ५ किमीको दौडसमेत हुने सेनाले जनाएको छ।

हाफ म्याराथनको खुलातर्फ पहिलो पहिलो दोस्रो र तेस्रो हुनेले क्रमश ३० हजार, २० हजार र १० हजार प्राप्त गर्नेछन् भने जिल्लावासीतर्फको हाफ म्याराथनमा पहिलो, दोस्रो र तेस्रो हुनेले ४ हजार, ३ हजार र २ हजार प्राप्त गर्नेछन्।

त्यस्तै ५ किमी दौडमा महिलातर्फ पहिलोदेखि पाँचौं सम्म हुनेले क्रमश १० हजार, ७५ सय, ५ हजार, ३ हजार र २ हजार प्राप्त गर्नेछन् भने पुरुषतर्फका पहिलो दोस्रो र तेस्रोले १० हजार, ७५ सय र ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगितामा सहभागिताका लागि २४ गतेसम्मको समयसीमा तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell