PahiloPost

Dec 29, 2025 | १४ पुष २०८२

प्रदेश १ मा सर्‍यो प्रदेशसभा बैठक, मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा चैत २ बाट छलफल, निर्णायक कांग्रेस दुई खेमामा



फूलमाया पुरी

प्रदेश १ मा सर्‍यो प्रदेशसभा बैठक, मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावमा चैत २ बाट छलफल, निर्णायक कांग्रेस दुई खेमामा

विराटनगर : बिहीवार बस्ने भनिएको प्रदेश १ को प्रदेशसभा बैठक आगामी चैत २ गतेलाई तोकिएको छ।

बुधवार प्रदेश सचिवालयले सूचना जारी गरेर चैत २ गते प्रदेशसभाको सातौं तथा हिउँदे अधिवेशनको चौथो बैठक बस्ने मिति तोकेको हो।

प्रदेश सचिवालयले विशेष कारणले २० गते बोलाइएको बैठकलाई २ चैत दिनको १२:३० बजे बस्नेगरी सारिएको जनाएको छ।

यसअघि फागुन ९ गते बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्धमा अविश्वासको प्रस्ताव पेश भएको थियो। अर्को बैठक फागुन २० गते विहीबार दिउँसोको १ बजे बस्ने तोकिएकोमा सारिएको हो।

चैत २ गते बस्ने बैठकमा राईविरुद्धको अविश्वास प्रस्ताव अघि बढ्ने छ। प्रस्तावमा नेपाली कांग्रेस निर्णायक भूमिकामा छ।

कांग्रेसमा सभापति शेरबहादुर देउवा राईको पक्षमा मत हाल्नुपर्नेमा छन् भने पूर्व महामन्त्री कृष्ण सिटौलाले अविश्वास आएकै दिन पत्रकार सम्मेलन गरेरै प्रस्तावको पक्षमा मत हाल्ने घोषणा गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell