PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

ललितपुर र सिन्धुपाल्चोकमा सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि भारतको साढे २४ करोड सहयोग



पहिलोपोस्ट

ललितपुर र सिन्धुपाल्चोकमा सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि भारतको साढे २४ करोड सहयोग

काठमाडौं : ललितपुर र सिन्धुपाल्चोकमा सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि भारत सरकारले २४.६ करोड रुपैयाँ भन्दा बढी आर्थिक सहयोग गरेको छ।

ललितपुरस्थित जेष्ठ वर्ण महाविहार तथा सिन्धुपाल्चोक स्थित सुलीझ्याङ गुम्बा र शेरमाथाङ गुम्बा पुनर्निर्माणका लागि बुधवार भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना कार्यान्वयन इकाई (भवन) का परियोजना निर्देशकले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। त्यसैगरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र सफल बोलपत्रदाताबीच ठेक्का सम्झौतामा हस्ताक्षर समेत भएको दूतावासले जनाएको छ।

इण्डियन नेसनल ट्रष्ट फर आर्ट एण्ड कल्चरल हेरिटेजले जेष्ठ वर्ण महाविहारको पुनर्स्थापना लागि प्राविधिक सहयोग प्रदान गर्नेछ भने बाँकी दुई परियोजनाको कार्यान्वयन केन्द्रीय परियोजना कार्यान्वयन इकाई (भवन) ले गर्नेछ।

२०७२ सालको विनाशकारी भूकम्पले क्षति पुर्‍याएका यी सांस्कृतिक क्षेत्रको पुनर्निर्माण भारत सरकारको पुनर्निर्माण अनुदान कार्यक्रम अन्तर्गत हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell