PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

४० लाख लगानीमा कावासोतीमा अदुवा प्रशोधन केन्द्र स्थापना हुने



पहिलोपोस्ट

४० लाख लगानीमा कावासोतीमा अदुवा प्रशोधन केन्द्र स्थापना हुने

बुटवल : पूर्वी नवलपरासीको कावासोतीमा अदुवा प्रशोधन केन्द्र स्थापना हुने भएको छ। कावासोती नगरपालिका-२ स्थित कृषि उपज व्यवस्थापन थोक बजारमा ४० लाख रुपैयाँको लगानीमा प्रशोधन केन्द्र स्थापना हुने भएको हो।

गण्डकी प्रदेश सरकारको २८ लाख र बजार समितिको १२ लाख रुपैयाँको लगानीमा अदुवा प्रशोधन केन्द्र स्थापनाका लागि भवन निर्माण गर्न लागिएको कृषि उपज व्यवस्थापन थोक बजार समितिका अध्यक्ष लेखनाथ बस्यालले जानकारी दिए।

समितिका अनुसार नवलपुरभर उत्पादन भएका अदुवालाई एकै ठाउमा भण्डार गरिने उनले जनाए। प्रशोधन केन्द्रका लागि आवश्यक पर्ने भवन निर्माणका लागि कृषि उपज व्यवस्थापन थोक बजार समितिकै १० धुर जग्गा प्रयोग गरिने बस्यालको भनाइ छ।

काँटासहित प्रशोधनका लागि चाहिने आवश्यक सामग्री प्रदेश सरकारले नै उपलब्ध गराउने समितिका अध्यक्ष बस्यालले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell