PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

बालिका बलात्कारको अभियोगमा २ बालक पक्राउ



पहिलोपोस्ट

बालिका बलात्कारको अभियोगमा २ बालक पक्राउ

बुटवल : बालिका बलात्कार गरेको अभियोगमा पश्चिम दाङबाट दुई जना पक्राउ परेका छन्।

मंगलवार बेलुका अन्दाजी ७ बजेतिर ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा प्रहरी निरीक्षक झलक शर्माले बताएका छन्।

बबई गाउँपालिका-५ खैरबोट निवासी १२ र ११ वर्षीय बालकलाई बुधवार बिहान दुई बजेतिर पक्राउ गरी उनीहरुलाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धान भैरहेको छ।

साथै, बलात्कृत बालिकाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell