PahiloPost

May 16, 2026 | २ जेठ २०८३

सरकार र ‘विप्लव’ समूहबीच दोस्रो चरणको वार्ता सम्पन्न, छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा



पहिलोपोस्ट

सरकार र ‘विप्लव’ समूहबीच दोस्रो चरणको वार्ता सम्पन्न, छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा

काठमाडौं : नेपाल सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीचको दोस्रो चरणको वार्ता सकिएको छ। सरकार र विप्लवसमूहको वार्ता टोलीबीच दोस्रो चरणको वार्ता बुधवार साँझ सम्पन्न भएको हो।

वार्ता विषय केन्द्रित भएको बताइएको छ। दुवै पक्ष समान धारणा नजिक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको पनि बताइएको छ।

पहिलो वार्ता बुधवार बिहान भएको थियो। प्रधानमन्त्री निवास बालुवाटरमा वार्ता भएको हो। सरकारले गृहमन्त्री रामबहादुर थापाको नेतृत्वमा दुई सदस्यीय समिति बनाएलगत्तै विप्लव समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा दुई सदस्यीय वार्ता समिति गठन गरेको छ। सरकारी समितिमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराई छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell