PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

जनकपुर यातायात व्यवस्था कार्यालयबाट १५ जना बिचौलिया पक्राउ



पहिलोपोस्ट

जनकपुर यातायात व्यवस्था कार्यालयबाट १५ जना बिचौलिया पक्राउ

जनकपुरधाम : जनकपुर यातायात व्यवस्था कार्यालयबाट १५ जना बिचौलिया (दलाल)लाई प्रहरीले पक्राउ गरेको छ।

सेवाग्राहीसँग पैसा लिएर काम गराइदिने भन्दै विभिन्न वाधाअवरोध  गर्ने गरेको उजुरी परेपछि १५ जना बिचौलियाहरुलाई कार्यालय भित्र तथा वरिपरिबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए। बुधवार दिउँसो उनीहरुलाई यातायात व्यवस्था कार्यालय जनकपुरबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक रानाभाटले जानकारी दिए।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएर अनुसन्धान गरिरहेको र दोषी भेटिए कानुन बमोजिम कारबाही हुने रानाभाटले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell