PahiloPost

Dec 26, 2024 | ११ पुष २०८१

दुई देशका सुरक्षा प्रमुखहरुको छलफलपछि खुल्यो बेलहिया नाका



पूजा पन्थी

दुई देशका सुरक्षा प्रमुखहरुको छलफलपछि खुल्यो बेलहिया नाका

बुटवल : भारतीय बजार सुनौलीतर्फ जाँदै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले महिलामाथि अभद्र व्यवहार गरेपछि बन्द रहेको सिमानाका बेलहिया दुई देशका सुरक्षा प्रमुखको समझदारी पछि खुलेको छ।

सुनौली जाँदै गर्दा बेलहियाकी एक महिलालाई भारतीय सुरक्षाकर्मीले जाँचका नाममा महिलाको कपडा च्यातिदिएपछि सिमानाका बेलहियामा तनाव सिर्जना भएको थियो।

भारतीय सुरक्षाकर्मीको ज्यादतीपछि नेपाली पक्षको ठुलो सङख्यामा उपस्थित हुँदै नाका घेराउ गरेपछि रुपन्देहीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा भारतको महाराजगंजका सुरक्षा प्रमुख डिएम र एसपीसहितले छलफल गरेका थिए।

छलफलमा महिलामाथि भएको अभद्र व्यावहारका बिषयमा आवश्यक अनुसन्धान गर्ने तथा सिमा क्षेत्रमा देखिएको सामान्य घटनालाई सामान्य ढङगले नै समाधान गर्ने गरी समझदारी भएपछि नाका खुलेको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए।

उनले ईलाका प्रहरी कार्यालय बेलहियामा दुई देशका सुरक्षा प्रमुखको छलफलमा दुई पक्षले आआफ्ना देशमा देखिएका असमझदारी हटाउने सहमति गरिएको बताए।

समझदारीपछि अहिले नाका पूर्ण रुपमा सञ्चालनमा आएको छ। स्थानीय महिला माथि भएको अभद्र व्यावहारको विरोधमा सयौंको सङख्यामा सिमा नाका बेलहियामा स्थानीय जम्मा भएर बुधबार साँझ दुई घण्टा बढी नाका पूर्ण रुपमा बन्द गरेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell